फोन नम्बर चाहिए १९७ डायल गर्नु नपर्ने, टेलिकमले ल्यायो यस्तो सुविधा
काठमाडौं । कुनै पनि कम्पनी वा संस्थाको फोन नम्बर चाहिएमा अब १९७ मा फोन गर्नु नपर्ने भएको छ । नेपाल टेलिकमले आफूसँग सम्बन्धित फोन नम्बरहरु वेवसाइटबाटै उपलब्ध गराउने भएको हो ।
हालसम्म कुनै पनि कम्पनी वा संस्थाको फोन नम्बर चाहिएमा नेपाल टेलिकमको मोबाइल तथा ल्यान्डलाइनबाट १९७ मा फोन गरेर सोध्न सकिन्थ्यो । तर अब टेलिकमको वेवसाइटबाटै सबै नम्बरहरु उपलब्ध हुनेछन् ।
जसका लागि नेपाल टेलिकमको वेवसाइटमा https://www.ntc.net.np/pstn लिंकमा लगअन गरेपछि गर्नुपर्छ । जसमा व्यक्तिगत वा कर्पोरेट, जिल्ला, ठेगाना, कम्पनीको नामआदि टाइप गरेपछि नम्बर पाइन्छ ।