इलेक्ट्रिोनिक टेक्निसियन्स एसोसिएसनको अध्यक्षमा लक्षुमन श्रेष्ठ निर्वाचित



काठमाडौं । नेपाल इलेक्ट्रिोनिक टेक्निसियन्स एसोसिएसनमा लक्षुमन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । एसोसिएसनको शनिबार समपन्न ५ औं साधारण सभाले नयाँ नेतृत्व चयन गरेका हो ।

एसोसिएसनको उपाध्यक्षमा विकास प्रसाद गौतम, कोषाध्यक्ष उमेश बहादुर लायोमगर, महासचिव उमेश कुमार खनाल, सचिवमा कृष्ण कुमार रसाइली निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा बिनोदमान श्रेष्ठ, ज्ञानेन्द्र सिंह, पदम शर्मा, शिरिष कुमार पौडेल, गोरखनाथ श्रेष्ठ, मुकुन्द थापा, रुपक थापा, महेशमल्ल ठकुरी, सीता मगर, कृष्ण थापा निर्वाचित भएका छन् ।

साधारण सभाले ७ वटा प्रदेशमा सम्पर्क संयोजक पनि तोकेको छ । जसमा प्रदेश–१ मा रवि सुबेदी प्रदेश-२ मा जहिर मियाँ अन्सारी, प्रदेश–३ मा जय पहारी, गण्डकी प्रदेशमा दानबहादुर केसी, प्रदेश–५ मा डिल्लीराज गौतम, कर्णाली प्रदेशमा तिलकराज ढकाल र सुदुरपश्चिमाञ्चल प्रदेशबाट चन्द्र सतगौवा चयन भएका छन् ।

कार्यक्रममा मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बराल, प्रथम व्यवसायिक बायोमेटिक इञ्जिनियर विकासबहादुर श्रेष्ठ, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, इलोक्ट्रोनिक एण्ड कम्प्युटर इन्जिनियरिङ विभागका विभाग प्रमूख डा. सुरेन्द्र श्रेष्ठ, प्रा.जगन्नाथ श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

इलेक्ट्रोनिक प्राविधिकको काम अनुसारको पारिश्रमिकको ग्यारेन्टी, रोजगारको व्यवस्था, बीमा एवं उनीहरुको परिवारका लागि समेत औषधोपचारको व्यवस्था, इलेक्ट्रोनिक प्राविधिक अस्पतालको स्थापना, इलेक्ट्रोनिक प्राविधिकको राष्ट्रिय सञ्चय कोषको स्थापना र पेन्सन सुविधाका दिलाउने उद्देश्यले उक्त संस्थाको स्थापना भएको हो ।


क्लिकमान्डु