कोषमा आबद्ध हुन आनाकानी गर्ने संस्थालाई मन्त्रालयले दियो ६ बुँदे स्पष्टिकरण



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषका अन्योलताबारे ६ बुँदे स्पष्टिकरण जारी गरेको छ । मन्त्रालयले पछिल्लो समय कोषमा गरिएका व्यवस्थाबारे नकारात्मक टिप्पणी बढ्न थालेपछि मन्त्रालयले बुधबार स्पष्टिकरण जारी गरेको हो ।

कोषमा आवद्ध हुनलाई निजी क्षेत्र विशेष गरी बैंक तथा वित्तीय संस्थाले आनाकानी गर्दै आएका छन् । सोहीकारण सामाजिक सुरक्षा कोषमा गरिएका व्यवस्था प्रतिआम जनमानसमा नै नकारात्मक धारण सिर्जना भइरहेको छ ।

नयाँ युगको सुरुवात भएको भन्दै गत वर्ष तामझामका साथ सामाजिक सुरक्षा कोष सुरुवात गरिएको थियो । तर यसमा आवद्ध हुने रोजगारदाता कम्पनीको न्यून आबद्धता देखिएको छ ।

हाल मुलुकभर ९ लाख २३ हजारभन्दा बढी रोजगारदाता कम्पनी छन् । तर हालसम्म ११ हजार ८५२ रोजगारदाता कम्पनी मात्रै आबद्ध भएका छन् ।

मन्त्रालयले सबै क्षेत्रलाई कोषमा गरिएका व्यवस्थाबारे स्पष्ट बनाउँदै स्पष्टिकरण दिएको हो । जसमा कर्मचारीहरुले हाल खाईपाई आएको सुविधा, सामाजिक सुरक्षा कोष र अन्य कोषबाट प्राप्त हुने सुविधा, कर सम्बन्धी व्यवस्था, अवकास रकम पाउने उमेर, सरकारी र निजी कर्मचारीको सुविधाको विभेद र ऋण सुविधाका बारेमा भएका अन्यौलताबारे स्पष्ट पार्ने प्रयास गरेको छ ।

साथै, पछिल्लो समय आबद्ध भएका कम्पनीले समेत रकम पठाउन आनाकानी गर्दै आएका छन् । यही विषयलाई चिर्नका लागि ६ बुँदे स्पस्ष्टिकरण जारी गरेको हो ।


क्लिकमान्डु