मुक्तिनाथ विकास बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?



काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपतर्फ १० प्रतिशत ब्याज रहेको छ । बैंकले ३ प्रकारको मुद्दति खाता सञ्चालनमा ल्याएको छ । त्यसमा न्यूनतम ५० देखि ५ हजार सम्म ब्यालेन्स हुनुपर्ने व्यवस्था रहेको छ ।
यस्तै बचतमा अभिकतम ७ र न्यूनतम १.५० प्रतिशत ब्याज रहेको छ । हाल बैंकले २५ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।
यस्तै बैंकले ऋणतर्फको पनि ब्याजदर सार्वजनिक गरेको छ । कात्तिक मसान्तसम्म बैंकको आधारदर ११.१७ प्रतिशत रहेको छ । हाल बैंकबाट ऋण लिँदा वाणिज्य बैंकको भन्दा पनि कम ब्याज लाग्ने छ । बैंकबाट ऋण लिँदा १७.१७ प्रतिशतसम्म ब्याज लाग्ने छ । कतिपय वाणिज्य बैंकको यो भन्दा बढी ब्याज रहेको छ । बैंकबाट होम लोन, हायर पर्चेज लोन, रियल स्टेट लोन, पर्सनल लोन, सेयर धितोकर्जा लिँदा १७.१७ प्रतिशत ब्याज लाग्ने छ ।


क्लिकमान्डु