धोबीघाटमा सञ्चालनमा आयो जिओको अत्याधुनिक एमजी सर्भिस सेन्टर

28
Shares

काठमाडौं । नेपालमा जेएसवी एजी गाडीहरूको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले धोबीघाटमा आफ्नो नयाँ स्टेट अफ आर्ट एमजी सर्भिस सेन्टर सञ्चालनमा आएको छ ।

अत्याधुनिक पूर्वाधार, प्रशिक्षित प्राविधिक, जेन्युन एमजी स्पेयर पार्ट्स तथा पारदर्शी र प्रतिस्पर्धी सेवा शुल्कसहित सञ्चालनमा आएको यो सर्भिस सेन्टरले सम्पूर्ण एमजी ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

नयाँ सर्भिस सेन्टरको उद्घाटनको अवसरमा कम्पनीले २२ जुलाईदेखि २९ जुलाई २०२६ सम्म ७ दिने “ग्रान्ड ओपनिङ सर्भिस क्याम्प” आयोजना गर्ने भएको छ। यस अभियानमार्फत एमजीका नयाँ तथा हालका ग्राहकलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नुका साथै कम्पनीको आधुनिक सेवा सुविधासँग परिचित गराइनेछ।

एमजी ग्राहकहरूको स्वामित्व अनुभव अझ सुदृढ बनाउन तथा भरपर्दो र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले यो नयाँ सर्भिस सेन्टर स्थापना गरिएको हो।

जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले भने,’यो डेडिकेटेड एमजी सर्भिस सेन्टरको स्थापना हाम्रो ग्राहकप्रतिको प्रतिबद्धताको अर्को महत्वपूर्ण कदम हो । उत्कृष्ट विक्रिपछिको सेवा नै सफल स्वामित्व अनुभवको आधार हो भन्ने हाम्रो विश्वास छ।’