‍पूर्वअमिर थानीको निधनप्रति समवेदना दिन पूर्वराष्ट्रपति कतार जाँदै

105
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज दिउँसो ३:३० बजे कतार प्रस्थान गर्दै छन् ।

उनी कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न कतारको तीन दिने औपचारिक भ्रमणमा जान लागेका हुन् ।

भ्रमणका क्रममा उनले मंगलबार कतार राज्यका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपराष्ट्रपति यादवसँग नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू पनि सहभागी छन् । उनी यही असार ३२ गते स्वदेश फर्कने तालिका छ ।

Skip This