
काठमाडौं । लगातार सेयर बजारमा गिरावट भएपछि लगानीकर्ताहरूले नियामक निकाय नेपाल धितोपत्र बोर्डको कार्यालय घेराउ गरेका छन् ।
मंगलबार लगानीकर्ताहरूको एक समूहले बजार बढाउने नीति ल्याउनका लागि माग गर्दै बोर्ड घेराउ गरेका हुन् ।
अध्यक्षका रूपमा डा. गोपाल भट्टले कार्यभार सम्हालेपछि बोर्डले पुँजीबजार विकास मार्गचित्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सोही योजनामा बजार सुधार्ने योजना ल्याउनुपर्ने माग लगानीकर्ताहरूको छ ।
नयाँ सरकार बनेपछि बजार बढ्ने अपेक्षा गरिएकोमा निरन्तर घटिरहेको छ ।








प्रतिक्रिया