३५ दिनभित्र निक्षेप फिर्ता लैजान सदस्यहरूलाई पिनाक सहकारीको आग्रह

112
Shares

काठमाडौं  । काठमाडौंको त्रिपुरेश्वरमा प्रधान कार्यालय रहेको पिनाक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सम्पूर्ण शेयर सदस्य तथा बचतकर्ताहरूलाई आफ्नो बचत रकम फिर्ता लैजान सार्वजनिक आह्वान गरेको छ ।

संस्थाले मंगलबार एक अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै संस्थासँग कारोबार गरिरहेका सदस्यहरूलाई यस्तो जानकारी गराएको हो ।

सूचनामा उल्लेख भए अनुसार, इच्छुक शेयर सदस्य तथा बचतकर्ताहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक प्रमाणसहित संस्थाको कार्यालयमा उपस्थित भई आफ्नो बचत रकम फिर्ता लिनुपर्नेछ ।

तोकिएको ३५ दिनको समयसीमाभित्र सम्पर्कमा नआएमा, त्यसपश्चात् सिर्जना हुन सक्ने कुनै पनि दायित्वप्रति संस्था जिम्मेवार नहुने समेत सूचनामार्फत स्पष्ट पारिएको छ ।

Skip This