सुनको मूल्य एकैदिन ४ हजार ५ सय रुपैयाँले घट्यो, कति पुग्यो ?

287
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा प्रतितोला ४ हजार ५ सय रुपैयाँको गिरावट आएको छ ।

सोमबार प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदी प्रतितोला ४ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ४ हजार ३ सय १० रुपैयाँ थियो ।