बजेट प्रभावः नेपाल पुनर्बिमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

168
Shares

काठमाडौं । बजार दोहोरो अंकले घट्दा पनि नेपाल पुनर्बिमा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.७२ अंकले घटेर २७५५.३७ बिन्दुमा कायम भएको छ ।

यद्यपि, बजार घट्दा पनि नेपाल पुनर्बिमा कम्पनीको सेयर मूल्यमा भने १४.९९ प्रतिशतको वृद्धि आएको छ । साथै, कम्पनीको सेयर खरिदबिक्री पनि ३७ करोड १३ लाख रुपैयाँ बराबरको भएको छ ।

अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा नेपाली बिमा कम्पनीबाट जारी हुने बिमांकको कम्तीमा २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीबाट गराउनुपर्ने व्यवस्था मिलाउने, दीर्घकालीन प्रकृतिका बिमाको सामूहिक बिमा कोषको नेतृत्व तथा सञ्चालन नेपाल पुनर्बिमा कम्पनीबाट हुने व्यवस्था गर्ने पनि घोषणा गरेका छन् ।

जोखिम न्यूनीकरणको लागि पुनर्बिमाको निश्चित हिस्सा विदेशी पुनर्बिमा कम्पनीसँग गराउने व्यवस्था मिलाउने, लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बिंमाक १० लाख पुर्याइने, दुर्घटना, घातक रोग, ढुवानी लगायतको बिमा अनिवार्य गर्ने र सहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृति गर्दा अनिवार्य रुपमा बिमा गर्ने व्यवस्था गर्ने विषयलाई पनि बजेटले समेटेको छ ।