पुँजीगत लाभकर फाइनल हो, थप कर लिदैनौंः अर्थमन्त्री

1.2k
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजीगत लाभकर फाइनल नै भएको र अब थप कर नलिने बताएका छन् ।

उनले अर्थ मन्त्रालयमा आयोजना गरेको बजेटपछि अन्तरक्रियामा बजेटमा भाषणको बुँदा ७९च. मा भएको ‘सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था अन्तिम नै भएको बताएका हुन् ।

हाल लगानीकर्ताले पुँजीगत लाभकरको व्यवस्था एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेले बढाएर १० प्रतिशत, एक वर्षभन्दा लामो अवधि होल्ड गर्नेले ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गरेको छ ।

यहि लाभकर नै अन्तिक कर भएको भन्दै सेयरबाहेक आम्दानी हुनेले विवरण बुझाउँदा पुँजीगत लाभकर लेख्न भन्दै पुँजीगत लाभकर नै अन्तिम कर भएको बताए ।

४० लाखसम्म आम्दानी हुनेले पुँजीगत लाभकर नै अन्तिक हुने र ४० लाख भन्दा माथि हुनेले भने आय विवरण पेस गर्नुपर्ने उनले बताए ।