
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रक्षेपित जीडीपीको २८ प्रतिशत मात्रैको ल्याएको बताएका छन् ।
आइतबार अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
‘बजारमा २५ खर्बको बजेट आउँछ भनेर हल्ला गर्दै थिए २१ खर्ब २४ अर्बको मात्रै बजेट ल्याएको छु,’ वाग्लेले भने ।
उनले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि प्रक्षेपित कुल गाहस्थ्र्य उत्पादन (जीडीपी) ७४ खर्ब ५८ भएको बताए ।
सरकारले आगमी वर्षको लागि जीडीपीको ५ प्रतिशत सीमाभित्र रहेर लिनुपर्ने ऋणलाई सीमाभित्रै राखेर ल्याएको उल्लेख गरे ।





प्रतिक्रिया