बजेटपछि एकैदिन साढे २० हजारले बढ्यो सुनको भाउ, कति पुग्यो ?

4.6k
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य २० हजार ५ सय रुपैयाँले बढेको छ ।

यस दिन सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार भारी बढेको हो । भन्सार दर १० प्रतिशतले बढेपछि सुनको मूल्य ह्वात्तै बढेको हो ।

आइतबार चाँदीको मूल्य पनि बढेको छ ।

यस दिन चाँदी प्रतितोला ५ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार ४० रुपैयाँ कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र चाँदी प्रति एक औंसको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।