
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सामाजिक सुरक्षा भत्तामा नयाँ अभियान सुरू गरेको छ ।
सो अभियान हो ‘सक्नेले छोडौं, नसक्नेलाई जोडौं’ ।
यसको अर्थ सरकारले सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको छैन तर सक्षम व्यक्तिहरूले भने सामाजिक सुरक्षा भत्ता लिन छाड्ने अभियान चलाउन लागिएको हो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आज संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट पेस गर्दै ‘आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वच्छिक रूपमा त्याग्न सक्नेले छोडौं, नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौं,’ भनेका छन् ।





प्रतिक्रिया