क्यासिनो रोयल्टी शतप्रतिशसम्मले बढ्यो, लाइसेन्स लिँदा ५० लाख र मिनि क्यासिनोले ३ करोड तिर्नुपर्ने

252
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि क्यासिनो रोयल्टीलाई शतप्रतिशसम्म सम्मले बढाएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि क्यासिनोको लाइसेन्स लिँदै साढे ५ करोड रुपैयाँ तिर्नुपर्ने भएको छ । यस्तो शुल्क यस अघि चालू आर्थिक वर्ष २०८२/८३ मा ५ करोड रुपैयाँ मात्रै इजाजतशुल्क रहेको छ ।

आगामी आर्थिक वर्षदेखि मिनि क्यासिनोले तिर्नुपर्ने रोयल्टी भने दोब्बर भएको छ । मिनि क्यासिनोले हाल डेढ करोड रुपैयाँ तिर्दै आएका क्यासिनोले अब भने बार्षिक रोयल्टी तीन करोड रुपैयाँ तिर्नुपर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेटले आधुनिक मेशिन वा उपकरणका माध्यम (मिनि क्यासिनो)बाट मात्र खेलाइने खेलको लागि वार्षिक तीन करोड रुपैयाँ रोयल्टी लिने व्यवस्था गरेको छ ।