३ वर्षमा १० फुटबल र ५ वषर्म ८ क्रिकेट रंगशाला बनाउने सरकारको घोषणा

70
Shares


काठमाडौं । सरकारले आगामी ३ वर्षमा ८ हजार क्षमताका १० वटा फ्लड लाइट जडान भएका फुटबल रंगशालामा स्तरोउन्नती गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रमुख ८ शहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने उनले बताए ।

काठमाडौं, विराटनगर, लहान, बुटवल, पोखरा, सुर्खेत र धनगढीको फाप्लामा २ हजार क्षमताको इन्डोर मल्टिपर्पोज स्टेडियम३ वर्षभित्र निर्माण गर्ने उनले बताए ।

मुलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला र फाप्ला क्रिकेट मैदानको डिजाइन पुनराअवलोकन गरी लगानी मोडालिटी तयार गर्ने उनले बताए ।