पदक जित्ने खेलाडीलाई आजीवन निःशुल्क उपचार

35
Shares

काठमाडौं । सरकारले पदक जित्ने राष्ट्रिय खेलाडीलाई आजिवन निःशुल्क उपचार सेवा दिने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसदको दुबै सदनलाई सम्बोधन गर्दै जारी गरेको आगामी आथिर्क वर्ष २०८३-८४ को बजेटमार्फत खेलकूद क्षेत्रको लागि ४ अर्ब ३ करोड रुपैयाँको बजेट समेत विनियोजन गरेको घोषणा गरेका छन् ।