यस्तो छ आजका लागि तरकारीको बजार भाउ

42
Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (गोलो) प्रतिकिलो ३० र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४२ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो ८० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ४० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, रसेतो मूला (हाइब्रिड) प्रतिकिलो २५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६० र भन्टा डल्लो प्रतिकिलो ६० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो ७० रुपैयाँ, मकै बोडी प्रतिकिलो १०० रुपैयाँ, मटरकोसा प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, टाटे सिमी प्रतिकिलो १४० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १३० रुपैयाँ, तीते करेला प्रतिकिलो ५० रुपैयाँ, चिचिण्डो प्रतिकिलो ४० रुपैयाँ, परवर (लोकल) प्रतिकिलो ७० रुपैयाँ, घिरौँला प्रतिकिलो ५० रुपैयाँ, झिगुनी प्रतिकिलो ६० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, भिन्डी प्रतिकिलो ५५ रुपैयाँ, सखरखण्ड प्रतिकिलो ८० र पिँडालु प्रतिकिलो ४० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो प्रतिकिलो १०० रुपैयाँ, चमसुरको साग प्रतिकिलो १०० रुपैयाँ, मेथीको साग प्रतिकिलो १०० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १२० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो ३०० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४५० रुपैयाँ, राजा च्याउ प्रतिकिलो ३२० र सिताके च्याउ प्रतिकिलो १ ००० रुपैयाँ निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो ३५० रुपैयाँ, न्यूरो प्रतिकेजी ८० रुपैयाँ, चुकन्दर प्रतिकेजी ६० रुपैयाँ, सजीवन प्रतिकेजी १२० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ५० रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, सेलरी प्रतिकिलो १३० रुपैयाँ, पार्सले प्रतिकिलो २२० रुपैयाँ, सौफको साग प्रतिकिलो १०० रुपैयाँ, पुदिना प्रतिकिलो १५० रुपैयाँ, मैक हरियो प्रतिकिलो ५० रुपैयाँ, इमली प्रतिकिलो १८० रुपैयाँ, तामा प्रतिकिलो १४० रुपैयाँ, तोफु प्रतिकिलो १६० र गुन्द्रुक प्रतिकिलो ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (नेपाली) दर्जन २०० रुपैयाँ, केरा (मालभोग) २२० रुपैयाँ, अनार प्रतिकिलो ४५० रुपैयाँ, तरबुजा (हरियो) प्रतिकिलो ४० रुपैयाँ, भुइँकटहर प्रतिकिलो २०० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ७० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, काँक्रो (लोकलक्रस) प्रतिकिलो ६५ रुपैयाँ,खकटहर प्रतिकिलो ६० रुपैयाँ, निबुवा प्रतिकिलो २४० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० र लिची (लोकल) २५० रुपैयाँ, लिची (भारतीय) ३०० रुपैयाँ, निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो १४० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ५५० रुपैयाँ, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो ६० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ६० रुपैयाँ, माछे खुर्सानी प्रतिकिलो ४५ रुपैयाँ, भेडेखुर्सानी प्रतिकिलो ६० रुपैयाँ, हरियो लसुन प्रतिकिलो २०० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो १०० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो १८० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो १३० रुपैयाँ, छ्यापी सुकेको प्रतिकिलो १६० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३४० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो ३०० र ताजा माछा (छडी) प्रतिकिलो २६० निर्धारण गरिएको छ ।