
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ । यसदिन सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार १ हजार रुपैयाँले घटेको हो ।
बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर ५ हजार ८० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।





प्रतिक्रिया