
काठमाडौँ । स्नो रिभर्स लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको ७ लाख ७८ हजार १२५ कित्ता सेयरको अन्तिम बाँडफाँट नतिजा आज सार्वजनिक गरिएको हो । सानिमा क्यापिटलले सार्वजनिक गरेको तथ्यांक अनुसार यो आईपीओमा मागभन्दा ३५.२९ गुणा बढी आवेदन परेको थियो ।
कुल २६ लाख १ हजार ८४८ जना आवेदकहरूले २ करोड ७९ लाख ५९ हजार ८६० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये दोहोरो आवेदन र अन्य प्राविधिक कारणले केही आवेदन रद्द भई अन्तिम प्रमाणीकरण पछि २५ लाख ५७ हजार ८५५ जना आवेदकहरू मात्र शेयर पाउन योग्य देखिएका थिए ।
मागभन्दा धेरै गुणा बढी आवेदन परेका कारण गोलाप्रथा मार्फत सेयर बाँडफाँट गरिएको छ । जसअनुसार ७७ हजार ८१२ जना भाग्यशाली आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
यसरी वितरण गर्दा बाँकी रहेको ५ कित्ता शेयर भने १० कित्ता प्राप्त गर्नेहरू मध्येकै ५ जनालाई थप १-१ कित्ताका दरले (कुल ११ कित्ता) वितरण गरिएको छ ।
कम्पनीले २०८३ वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको थियो ।
लगानीकर्ताहरूले बाँडफाँटको नतिजा सानिमा क्यापिटलको वेबसाइट, निष्कासनकर्ता कम्पनीको वेबसाइट वा सीडीएससीको मेरोशेयर पोर्टलबाट हेर्न सक्नेछन् ।





प्रतिक्रिया