नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

406
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त भएका छन् । ललितपुर महानगरपालिका २६ का डंगोल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव हुन् । उनलाई मंगलबारको मन्त्रिपरिषदको वैठकले नियुक्त गरेको हो ।

प्राधिकरणको महानिर्देशक नियुक्त गर्न पर्यटन मन्त्रालयले वैशाख १२ गते गोरखापत्रमा सूचना जारी गरेर सार्वजनिक रुपमा योग्यता पुगेका उमेदवारहरुबाट प्रस्ताव मागेको थियो । मन्त्रालयले वैशाख २१ गतेसम्ममा आवेदन दिएका २१ जना प्रतिस्पर्धीमध्येबाट डंगोललाई नियुक्त गरेको हो ।

डंगोलले यस अघि सरकारले प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचारको आरोपमा निलम्बनमा परेपछि २०८२ मंसिर १९ देखि पुस ४ सम्म प्राधिकरणको महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए ।

सरकारले प्राधिकरणकै उपमहानिर्देशकलाई देवचन्द्रलाल कर्णलाई निमित्त महानिर्देशकको जिम्मेवारी तोकेपछि डंगोललाई फिर्ता भएका थिए ।

उनले हवाई क्षेत्रको नियामक निकाय चलाउने महत्वपूर्ण जिम्मेवारी पाएसँगै प्राधिकरणले करिब ६ महिनापछि महानिर्देशक पाएको हो।