बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

371
Shares

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

यस दिन सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार १ हजार ८ सय रुपैयाँले बढेको हो ।

यसदिन चाँदीको मूल्य प्रतितोला ५ हजार ५० रुपैयाँ कायम भएको छ ।

बुधबार प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार ९० रुपैयाँले बढेको हो ।