
एजेन्सी । चीनका राष्ट्रपति सी चिनपिङले रुस र चीन दुवैले सबै एकपक्षीय दादागिरी र इतिहासलाई उल्ट्याउने कार्यहरूको विरोध गर्नुपर्ने बताएका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उपीसथत रहेको विभिन्न सम्झौता हस्ताक्षर समारोहमा बुधबार सीले यसो भनेका हुन् ।
उनले कुनै विशेष देशको नाम लिएनन् वा यसबारे थप विवरण दिएनन् । तर, उनले अमेरिकालाई संकेत गरेको स्पष्ट छ ।
यसैबीच चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले विश्व बहुध्रुवीयता र अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ स्वरूपहरूको वकालत गर्दै रुस र चीनले संयुक्त विज्ञप्ति जारी गरेको जानकारी दिएको छ ।









प्रतिक्रिया