
एजेन्सी । रुसले अमेरिका र चीनसँग संयुक्त परियोजनाहरूको सम्भावनाका बारेमा विचार गरिरहेको छ ।
रुसको सार्वभौम कोष रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख किरिल दिमित्रिएभलाई उद्धृत गर्दै बुधबार सरकारी सञ्चारमाध्यमले यस्तो जानकारी दिएका हुन् ।
चिनियाँ राष्ट्रपति सी चिनपिङले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग वार्ता गरेको केही दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार बेइजिङमा आफ्ना समकक्षी सीलाई भेटेका छन् ।
‘रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डको ढाँचा अन्तर्गत हामी चीन र अमेरिका दुवै सहभागी हुन सक्ने केही निश्चित परियोजनाहरूको खोजीमा पनि छौं,’ पुटिनका विशेष दूत र मस्को तथा वाशिङटनबीचको वार्ताका प्रमुख व्यक्तित्व दिमित्रिएभले भने ।









प्रतिक्रिया