ग्यालेक्सी एस२६प्लस किन्दा २३ हजार रुपैयाँसम्म नगद फिर्ता पाइने

28
Shares

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस२६प्लसले सीमित अवधिका लागि क्यासब्याक अफर ल्याएको छ ।

जसले ग्राहकहरुलाई अझ बढी बचत र सजिलो खरिदको विकल्प उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

प्रिमियम र इमर्सिभ स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकहरुका लागि डिजाइन गरिएको ग्यालेक्सी एस२६प्लसले

सामसङको प्लस डिजाइनद्वारा प्रदर्शन, आराम र नवीनताको राम्रो सन्तुलन दिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, ग्यालेक्सी एस२६ सिरिजका प्रमुख मोडेलमध्ये एक भएकोले यो अफरले ग्राहकहरुका बदलिँदो आवश्यकतासँग मिल्ने उत्पादन र अनुभव दिन सामसङ प्रतिबद्धता देखाउँछ।

सीमित अवधिको अन्तर्गत ग्यालेक्सी एस२६प्लस खरिद गर्दा ग्राहकहरूले २३ हजार रुपैयाँको इन्स्ट्यान्ट क्यासब्याक पाउछन्, जसले यसको विशेष अफर मूल्य १ लाख ८२ हजार ९९९ रुपैयाँबाट घटेर १ लाख ५९ हजार ९९९ सय रुपैयाँ छ ।

यो अफर १९ मेदेखि ३१ जुनसम्म मान्य हुनेछ ।

 यसको खरिद अझ सजिलो बनाउन एचएफएलमार्फत इन्स्टा फाइनान्सबाट २४ महिनासम्मको

सजिलो किस्ताबन्दी सुविधा पनि दिइरहेको कम्पनीले जनाएको छ ।  जसको मासिक किस्ता ४ हजार ३४१ रुपैयाँबाट सुरु हुन्छ । ग्राहकहरूले भेरिफिकेसनका लागि नागरिकता देखाएर यो सुविधा सजिलै पाउन सक्ने कम्पनीको भनाइ छ ।