८ सय रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

आइतबार २ लाख ९४ हजार रूपैयाँमा कारोबार भएको सुन सोमबार भने ८ सय रुपैयाँले बढेको हो ।

यस दिन चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएकोमा सोमबार घटेको हो ।