
पोखरा । भारतको प्रतिष्ठित इलेक्ट्रिक टू-ह्विलर ब्रान्ड ‘एम्पियर’ का विद्युतीय स्कुटरको पर्यटकीय सहर पोखरामा पनि आधिकारिक रूपमा बिक्री वितरण सुरु भएको छ ।
एम्पियरको आधिकारिक आयातकर्ता एसटीसी अटो सोलुसन प्रालिले पोखराको बुद्धचोकस्थित डीएनबी ट्रेड प्रालिलाई आधिकारिक डिलर नियुक्त गर्दै बिक्री सुरु गरेको हो ।
१६५ वर्षको इन्जिनियरिङ अनुभव बोकेको ग्रीभ्स कटनको भगिनी संस्था ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा उत्पादित यी स्कुटरहरू वैशाख ३१ गतेदेखि पोखरामा उपलब्ध भएका हुन् ।
कम्पनीले पोखरा बजारमा विशेष गरी आफ्नो प्रिमियम मोडल ‘एम्पियर नेक्सस ईएक्स’ सार्वजनिक गरेको छ ।
यस स्कुटरमा ३.९ किलोवाट क्षमताको शक्तिशाली मोटर र ३ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ । कम्पनीका अनुसार एक पटकको पूर्ण चार्जमा यसले १३६ किलोमिटरको रेन्ज दिनेछ। घरमै करिब ३ घण्टा ३० मिनेटमा यसलाई पूर्ण रूपमा चार्ज गर्न सकिन्छ ।
यो स्कुटरमा मिड-माउन्ट मोटर, रिभर्स मोडसहित पाँचवटा राइड मोडहरू उपलब्ध छन् । साथै, आधुनिक फिचरका रूपमा एलोय ह्विल, डिस्क ब्रेक, अल-एलईडी लाइट, यूएसबी चार्जर र स्मार्ट कनेक्टिभिटी जस्ता सुविधाहरू रहेका छन् । स्कुटरलाई माइनस ४० डिग्रीदेखि ६० डिग्री सेल्सियससम्मको कडा तापक्रममा परीक्षण गरिएको कम्पनीले जनाएको छ ।
नेपाली बजारका लागि एम्पियर नेक्सस ईएक्सको मूल्य ३ लाख ३५ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले यसको ब्याट्रीमा ५ वर्ष वा ७५ हजार किलोमिटर (जुन पहिले आउँछ) सम्मको वारेन्टी प्रदान गरेको छ ।
एसटीसी अटो सोलुसनका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले पोखराका ग्राहकहरूका लागि यो किफायती, आरामदायी र अत्याधुनिक विकल्प हुने विश्वास व्यक्त गरेका छन् ।
इच्छुक ग्राहकहरूले पोखराको बुद्धचोकस्थित शोरुममा गएर स्कुटरको अवलोकन तथा टेस्ट राइड गर्न सक्ने डीएनबी ट्रेडले जनाएको छ ।





प्रतिक्रिया