घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

2.5k
Shares

काठमाडौं । साताको पहिलो दिन आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यमा ४ हजार ५ सय रुपैयाँले गिरावट आएको हो ।

यस्तै आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार ६० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदीको मूल्य ५ हजार ३ सय ९० रुपैयाँ कायम भएको थियो । गत शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य भने ३ सय ३० रुपैयाँले घटेको हो ।