आधुनिक जीवनशैलीका लागि गोदरेज एयर कुलर

56
Shares

काठमाडौँ । गोदरेजले आफ्ना विभिन्न एयर कुलरमार्फत नेपाली बजारमा आधुनिक कुलिङ सोलुसन उपलब्ध गराउँदै आएको छ ।

व्यस्त जीवनशैलीमा एयर कुलर केवल गर्मी छल्ने सामग्री मात्र नभई दैनिक आरामसँग जोडिएको महत्त्वपूर्ण उपकरण बन्दै गएको छ ।

सानो कोठादेखि ठूलो परिवार बस्ने ठाउँसम्मका लागि उपयोगी गोदरेजका स्नोचिल, चिलप्रो, कुल ब्लास्ट प्लस, कुल ब्लास्ट र एज मिनी कुल जस्ता मोडलहरू उपभोक्ताको रोजाइमा परेको कम्पनीले जनाएको छ ।

यी एयर कुलरमा शक्तिशाली कुलिङ क्षमता, धेरै टाढासम्म हावा फाल्ने प्रणाली र हनिकम्ब प्याड जस्ता विशेषताहरू समावेश गरिएको छ। सुरक्षाका लागि थर्मल ओभरलोड प्रोटेक्सन र प्रभावकारी चिसोका लागि ‘आइस ड्रिप टेक्नोलोजी’ समेत राखिएको कम्पनीले जनाएको छ ।

केही मोडलमा एन्टी-ब्याक्टेरियल ट्याङ्क र कुलिङ प्याड प्रयोग गरिएकाले यसले स्वच्छ र ताजा हावा प्रवाह गर्न सहयोग पुर्‍याउने देखिएको छ । साथै ह्युमिडिटी कन्ट्रोल, ४-वे स्विङ र ड्राई रन प्रोटेक्सन जस्ता सुविधाहरूले प्रयोगकर्तालाई थप सहज अनुभव प्रदान गरेको छ ।

गोदरेजका कुलरहरू आधुनिक घरको सजावटसँग मेल खाने आकर्षक डिजाइन, रङ र प्रिमियम फिनिसिङमा उपलब्ध छन् ।

यसको कम्प्याक्ट डिजाइनका कारण लिभिङ रुम वा बेडरुम जहाँ राखे पनि घरको सौन्दर्य बढ्ने हुँदा युवा पुस्तामाझ यसको आकर्षण बढ्दो छ। आकर्षक डिजाइन र राम्रो कुलिङ अनुभवकै कारण गोदरेजले बजारमा छुट्टै पहिचान बनाएको छ ।

नेपालमा सिजी इलेक्ट्रोनिक्सले गोदरेजका घरायसी उपकरणहरूको आधिकारिक बिक्री वितरण गर्दै आएको छ ।

गोदरेजका एयर कुलरका साथै रेफ्रिजेरेटर, चेस्ट फ्रिजर, वाशिङ मेसिन, माइक्रोवेभ ओभन र एसी लगायतका उत्पादनहरू पनि नेपाली बजारमा लोकप्रिय रहेका छन् । आधुनिक प्रविधि र उपयोगी सुविधाहरूलाई प्राथमिकता दिँदै गोदरेजले नेपाली परिवारलाई ताजा र आरामदायी अनुभव प्रदान गर्ने प्रयासलाई निरन्तरता दिएको छ ।