
काठमाडौं । माइडियाले नेपाली बजारमा आफ्नो नयाँ १९८ लिटर हार्ड टप सिंगल डोर चेस्ट फ्रिजर (मोडेल:एमडीआरसी३६२एफजेडजी४३डी) सार्वजनिक गरेको छ ।
माइडियाले आधुनिक परिवार तथा व्यवसायिक प्रयोगलाई लक्षित गर्दै ल्याएको यो नयाँ चेस्ट फ्रिजरले शक्तिशाली फ्रिजिङ, ऊर्जा बचत र स्मार्ट सुविधाको उत्कृष्ट संयोजन प्रदान गर्ने जनाएको छ ।
माइडियाको यस मोडलमा रहेको डीप फ्रिजिङ टेक्नोलोजीले तापक्रमलाई ३० डिग्री सेल्सियससम्म पुर्याउन मद्दत बनाउँछ, जसले खाद्य सामग्रीको स्वाद, ताजापन र पोषण सुरक्षित राख्न मद्दत गर्छ। साथै, माइडियाको फास्ट फ्रिजिङ टेक्नोलोजी ले खानेकुरालाई छिटो फ्रिज गरी लामो समयसम्म ताजा राख्ने सुविधा दिने कम्पनीको भनाइ छ ।
माइडिया चेस्ट फ्रिजरमा समावेश गरिएको इनभर्टर क्वाट्रो टेक्नोलोजीले कम बिजुली खपत, तीव्र कुलिङ र शान्त सञ्चालन सुनिश्चित गर्छ। केवल ३७ डेसिबल ध्वनि स्तर भएकाले माइडियाको यो फ्रिजर घर तथा व्यवसायिक दुवै प्रयोगका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ ।
त्यसैगरी, माइडियाको फोर साइड कुलिङ टेक्नोलोजी र डी+ कुलिङ सिस्टम ले सम्पूर्ण भित्री भागमा समान रूपमा चिसोपन फैलाएर स्थिर तापक्रम कायम राख्छ । यसमा रहेको कनभर्टिबल सुविधा मार्फत आवश्यकता अनुसार फ्रिजर वा फ्रिज मोडमा सजिलै परिवर्तन गर्न सकिन्छ ।
नेपालमा हुने विद्युत् उतारचढावलाई ध्यानमा राख्दै माइडियाले यस फ्रिजरमा वाइड भोल्टेज सपोर्ट र आउटेज मेमोरी सुविधा पनि समावेश गरेको छ । साथै, बिजुली अवरोध हुँदा पनि लामो समयसम्म चिसोपन कायम राख्न सक्ने क्षमता माइडियाको यस उत्पादनमा रहेको कम्पनीले जनाएको छ ।
आकर्षक घुमाउरो डिजाइन, मल्टि-एङ्गल होभर डोर र ठूलो भण्डारण क्षमतासहित आएको माइडियाको यो १९८ लिटर चेस्ट फ्रिजर आधुनिक भान्सा तथा व्यवसायिक प्रयोगका लागि भरपर्दो विकल्प बन्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।
सीजी इलेक्ट्रोनिक्स मार्फत नेपाली बजारमा उपलब्ध माइडियाका वासिङ मेसिन, रेफ्रिजेरेटर, माइक्रोवेभ, एयर फ्रायर, भान्सासम्बन्धी उपकरण, पंखा, हिटर लगायत विभिन्न घरेलु विद्युतीय सामग्री उपभोक्तामाझ लोकप्रिय बन्दै गइरहेका छन् ।
आधुनिक प्रविधि, ऊर्जा बचत, शक्तिशाली कार्यक्षमता र टिकाउ गुणस्तरका कारण माइडिया उत्पादनहरू नेपाली बजारमा भरपर्दो तथा विश्वासिलो ब्रान्डका रूपमा चिनिँदै आएका छन् ।





प्रतिक्रिया