नेप्सेमा १० अंकको गिरावट, ३ अर्ब २९ करोडको कारोबार

21
Shares

काठमाडौं । सेयर बजारमा १० अंकको गिरावट आएको छ । बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.०७ अंकले घटेर २७३० बिन्दुमा कायम भएको छ ।

अघिल्लो कारोबार दिन बुधबार नेप्से ४ अंकले घटेको थियो भने मंगलबार ३९.४४ अंकले घटेको थियो । त्यसअघिका तीन कारोबार दिन भने नेप्से लगातार बढेको थियो ।

बिहीबार नेप्सेमा कुल ३ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार भने नेप्सेमा कुल २ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएकामध्ये ८० कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको घटेको छ । यस्तै, १४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।