टेलिकमको पल्स अवधि बढाउने प्रस्ताव एक वर्षपछि स्वीकृत

अब ६० सेकेन्डको पल्स

0
Shares

काठमाडौं। नेपाल टेलिकमले अन्तर्राष्ट्रिय पल्स रेटको समय बढाउन गरेको प्रस्तावलाई नेपाल दूरसञ्चार प्राधिकरणले करिब एक वर्षपछि स्वीकृति दिएको छ । प्राधिकरणले टेलिकमको प्रस्ताव स्वीकृति गरेसँगै अब पल्स अवधि बढ्ने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालनी अध्यक्ष भूपेन्द्र भण्डारीले करिब एक वर्ष रोकेर राखेका थिए । टेलिकमको प्रस्तावलाई २१ फागुनमा सम्पन्न निर्वाचनसँगै आएको रास्वपा नेतृत्वको नयाँ सरकार आएपछि मात्रै भण्डारीले काम गरेको पाइएको छ ।

टेलिकमलाई अन्तर्राष्ट्रिय अपरेटले ६० सेकेन्डको नै शुल्क लिने र हुँदा ग्राहकले पनि एक मिनेटभन्दा जति कम समय गर्ने कुराकानीमा पनि एक मिनेटकै शुल्क तिर्नुपर्ने बाध्यता थियो ।

नेपाली मुद्रासँग डलरको सटही दर बढीरहेकोले हामीले ३० सेकेन्डको पल्स रेट गरेर पैसा काटिरहेका भएपनि तिर्न भने विदेशीलाई ६० सेकेन्डकै तिरिरहुपरेको अवस्था रहेको टेलिकमको भनाइ छ । अन्तर्राष्ट्रिय अभ्यास पनि ६० सेकेन्डकै हुने भएकोले हामीले ग्राहकलाई दिने सेवा पनि ६० सेकन्ड नै दिने भनेर प्रस्ताव गरेको तर नेपाल दूरसञ्चार प्राधिकरणले करिब ११ महिनामा मात्रै स्वीकृति दिएको छ ।

‘अहिले ग्राहकले २८ सेकेन्ड कुरा गर्दा ३० सेकेन्डकै पैसा तिर्नुपर्छ । ग्राहकलाई सुविधा दिँने भएकोले ६० सेकेन्डकै सुविधा किन नदिने ?’ टेलिकमका सञ्चालक समिति सदस्यले भने ?

प्राधिकरणबाट प्रस्ताव स्वीकृत भएर आएपछि टेलिकमले आवश्यक गृहकार्य गरेर अन्तर्राष्ट्रिय पल्स रेटको अवधि बढाएको हो ।

नेपाल टेलिकमका अनुसार विभिन्न ५८ देशमा गरिने अन्तर्राष्ट्रिय बहिर्गमन कलको ‘रिटेल पल्स अवधि’ मा परिमार्जन गरेर ६० सेकेन्डको बनाएकाे छ । हाल ३० सेकेन्डको पल्स लागू हुँदै आएको टेलिकमले भाेलि जेठ १ गते शुक्रबारबाट पल्स अवधि बढाएको हो ।

अब टेलिकमका ग्राहकले विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकहरूको नेटवर्कमा अन्तर्राष्ट्रिय एक्सेस कोड ००/१४२४/१४२५ र १४४५ प्रयोग गरी कल गर्दा ६० सेकेन्डको पल्स कायम हुने टेलिकमको भनाइ छ । यसअघि केही देशहरूका लागि पल्स अवधि कम रहेकोमा अब १ मिनेट (६० सेकेन्ड) लाई आधार मानेर शुल्क गणना हुँदा ग्राहक र टेलिकम दुबैलाई फाइदा हुने छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट २०८२ फागुन १ गते प्राप्त स्वीकृतिका आधारमा टेलिकमले ५८ देशका लागि यो दर कायम गरेको हो । जसमा छिमेकी मुलुकहरू भारत र चीनसहित अमेरिका, अष्ट्रेलिया, बेलायत (युके), ब्राजिल, थाइल्याण्ड, दक्षिण अफ्रिका, साउदी अरेबिया, सिंगापुर, मलेसिया र दक्षिण कोरिया लगायतका देशहरू रहेका छन् ।

यसका साथै अल्जेरिया, अजरबैजान, बहामस, इथियोपिया, फिजी, फ्रान्सेली पोलिनेसिया, आइसल्याण्ड, न्यू क्यालेडोनिया, न्यूजिल्याण्ड जस्ता मुलुकहरूमा कल गर्दा पनि ६० सेकेन्डकै पल्स लाग्ने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमका अनुसार यी देशहरूमा कल गर्नका लागि सुरुमा एक्सेस कोड त्यसपछि सम्बन्धित देशको ‘कन्ट्री कोड’ र अन्त्यमा ग्राहकको टेलिफोन वा मोबाइल नम्बर डायल गर्नुपर्नेछ ।

टेलिकमका सह-प्रवक्ता प्रछेत थापा क्षेत्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार यो व्यवस्थाले अन्तर्राष्ट्रिय कल गर्ने ग्राहकहरूका लागि शुल्क प्रणालीमा एकरुपता ल्याउने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय पल्स रेटको समय बढाउन टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृति मागेको करिब एक वर्षपछि टेलिकमको प्रस्ताव स्वीकृत भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालनी अध्यक्ष भूपेन्द्र भण्डारीले करिब एक वर्ष रोकेर राखेको टेलिकमको प्रस्तावलाई २१ फागुनमा सम्पन्न निर्वाचनसँगै आएको रास्वपा नेतृत्वको नयाँ सरकार आएपछि मात्रै भण्डारीले काम गरेको पाइएको छ ।