
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौला निर्वाचित भएका छन् ।
नयाँ नेतृत्व चयनका लागि बुधबार सम्पन्न मतदानमा सिटौलाले १०३० मत ल्याउँदै विजयी भए । उनका प्रत्याशी हरिशरण केसीले ४६४ मत प्राप्त गरे ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, एनकुमार साइ र केदार पौडेल विजयी भएका छन् ।
उपाध्यक्षहरूमा चन्द्रा ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी विजयी भएका छन्। सात उपाध्यक्ष पदका लागि १३ जनाले प्रतिस्पर्धा गरेका थिए ।
महासंघको मालवाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ र महासचिवमा डेकनाथ गौतम विजयी भएका छन् । त्यसैगरी उपमहासचिवमा देविन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम सिंखडा विजयी भएका छन्।
उमेश केसी, चेतप्रसाद गौतम र टंकप्रसाद बस्याल निर्वाचित भए। कोषाध्यक्षमा राजेन्द्र आचार्य ७१६ मत ल्याएर विजयी भए। सह–कोषाध्यक्षमा शोभाखर पौडेल विजयी भएका छन्। महाधिवेशनबाट कुल ७८ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ।





प्रतिक्रिया