सरकारको नीति तथा कार्यक्रमप्रति रुपन्देही चेम्बर सकारात्मक

63
Shares

रुपन्देही । चेम्बर अफ कमर्स रुपन्देहीले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३ /८४ को नीति तथा कार्यक्रम सकारात्मक रहेको जनाउँदै कार्यान्वयमा उतार्न माग गरेको छ ।

लगानीको थप वतावरण बनाउन, उद्योग–व्यवसायलाई चलायमान बनाउन नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई आर्थिक विकासको साझेदारका रूपमा स्वीकार गर्नु स्वागतयोग्य रहेको संस्थाका अध्यक्ष सचिन रोकाले बताए ।

‘निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको हैसियतले चेम्बर अफ कमर्स, रुपन्देहीको निम्न विषयहरूमा विशेष ध्यान पुगेको छ’, उनले भने, ‘निजी क्षेत्रको लगानीलाई उच्च प्रतिफल दिने आयोजनामा केन्द्रित गर्नु, औद्योगिक ग्राम र विशेष आर्थिक विस्तारले सकारात्मक पक्ष हुन् ।’

नीति तथा कार्यक्रम कार्यान्वयनमा विशेष जोड दिन चेम्बर अफ कमर्स, रुपन्देहीले सरकारसँग मागसमेत गरेको छ ।