
एजेन्सी । चीनको भन्सार महानिर्देशनालयले सार्वजनिक गरेको प्रारम्भिक व्यापार तथ्यांक अनुसार, सन् २०२६ को अप्रिल महिनामा चीनको रेयर अर्थ (दुर्लभ खनिज पदार्थ) को निर्यात ६ करोड ४२ लाख अमेरिकी डलर पुगेको छ । एएनआईका अनुसार, यस महिनामा चीनले कुल ५३ सय ८ दशमलब ६ टन रेयर अर्थ निर्यात गरेको छ ।
अप्रिल महिनामा चीनको समग्र निर्यात अघिल्लो महिनाको तुलनामा १२ प्रतिशतले बढेको छ । यस अवधिमा देशको कुल वैदेशिक व्यापार ६३४.०६ अर्ब अमेरिकी डलर पुगेको छ ।
भन्सार तथ्यांक अनुसार, चीनको कुल निर्यात ३५९.४४ अर्ब डलर र आयात २७४.६२ अर्ब डलर रहेको छ जसका कारण चीनले ८४.८२ अर्ब डलरको व्यापार नाफा आर्जन गरेको छ । भन्सार प्रशासनले कुल व्यापार, निर्यात र आयातको मूल्यमा अघिल्लो महिनाको तुलनामा ७.२ प्रतिशतले वृद्धि भएको जनाएको छ ।
प्रमुख निर्यात श्रेणीहरूमध्ये उच्च प्रविधियुक्त उत्पादनहरूको निर्यात १०४.०१ अर्ब डलर रहेको छ भने मेकानिकल र इलेक्ट्रिकल उत्पादनहरूको निर्यात २२९.२९ अर्ब डलर पुगेको छ । मोबाइल फोनको निर्यात ८४.१० अर्ब डलर र इन्टिग्रेटेड सर्किटको निर्यात ३१.०८ अर्ब डलर बराबर रहेको छ ।
सवारी साधनको क्षेत्रमा पनि चीनको निर्यात मजबुत देखिएको छ । यस महिनामा मोटर गाडी (इन्जिन जडान गरिएका चेसिस सहित) को निर्यात १६०.९६ अर्ब डलर रहेको छ भने अटोमोटिभ पाटपुर्जा र भागहरूको निर्यात ८५.९९ अर्ब डलर बराबर भएको छ ।
यी तथ्यांकहरू भन्सार महानिर्देशनालयको अप्रिल २०२६ को व्यापार अद्यावधिकका रूपमा सार्वजनिक गरिएको हो ।









प्रतिक्रिया