अर्थतन्त्र बलियो बनाउन अवैध व्यापार र दर्ताविनाका उद्योगमाथि निगरानी गर्न सांसद विदुषी राणाको माग

126
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसदसमेत रहेकी अर्थसमिति सदस्य विदुषी राणाले देशको अर्थतन्त्र बलियो बनाउन अवैध व्यापार र दर्ताविनाका उद्योगहरूमाथि कडा निगरानी राख्न सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा मंगलबार राणाले स्वच्छ र सुरक्षित व्यवसायिक वातावरण नबनेसम्म उद्योग र उत्पादन क्षेत्र फस्टाउन नसक्ने बताइन् ।

सांसद राणाले बाहिरबाट हुने तस्करी मात्र नभई स्वदेशभित्रै दर्ताविना सञ्चालित उद्योगहरूले राज्यको राजस्व र श्रमिकको हकहितमा ठुलो क्षति पुर्‍याइरहेको उल्लेख गरिन् । सरकारी निकायहरूबीच समन्वय अभाव हुँदा समस्या बल्झिएको भन्दै उनले अर्थ, गृह र उद्योग मन्त्रालयसहितका निकायहरू समेटिएको ‘प्रभावकारी संयुक्त अनुगमन संयन्त्र’ मार्फत एकद्वार प्रणालीबाट काम गर्नुपर्नेमा जोड दिइन् । यसले मात्र इमानदार व्यवसायीको संरक्षण र राजस्व वृद्धि हुने उनको विश्वास छ।