
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ बजे बस्दैछ ।
आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले धारणा राख्नेछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।
चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३-८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।









प्रतिक्रिया