
काठमाडौं । सरकारले पर्यटन सम्भावना भएको क्षेत्रमा सडक पहुँच विस्तार गरी स्थानीय अर्थतन्त्र चलायमान बनाउने घोषणा गरेको छ ।
सोमबार संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेले यस्तो उल्लेख गरेका हुन् ।
‘पर्यटन सम्भावना भएको क्षेत्रमा सडक पहुँच, राजमार्ग स्तरोन्नति र वैकल्पिक मार्ग र राजमार्ग सेवा केन्द्र विकास गरी स्थानीय अर्थतन्त्र चलयमान बनाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘सबै स्थानीय तहलाई बाह्रै महिना सञ्चालन हुने सडकसँग जोडिनेछ ।’





प्रतिक्रिया