सूचना प्रविधि उद्योगलाई राष्ट्रिय रणनीतिक उद्योगको घोषणा गरिने

56
Shares


काठमाडौं । सरकारले निर्यात प्रतिस्पर्धात्मक अधिवृद्धि, निर्यात विविधिकरण, एकिकृत व्यापार रणनीति र औद्योगिक लजिष्टिक गुरुयोजना कार्यान्वयन गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् ।

यस्तै सूचना प्रविधि उद्योगलाई राष्ट्रिय रणनीतिक उद्योगको घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै सफ्‌टवेयर, डिजिटल सेवा, क्वाउड सेवा, साइबर सुरक्षा, हरित कम्युटिङ र एआई निर्यातलाई प्रवद्र्धन गर्ने घोषणा गरेको हो ।

यस्तै डिजिटल पार्क, उच्च क्षमताका डेटा सेन्टर र सार्वजनिक डिजिटल पुर्वाधार विकास गरी नेपाललाई टेकहबको रुपमा अगाडि बढाउने घोषणा गरेको हो ।

सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत, लगानी सहजीकरण, सरकारी सहलगानी सहित अनुसन्धान तथा नवप्रवर्तन खर्चमा कर प्रोत्साहन उपलब्ध गराउने घोषणा गरेको हो ।

व्यवसाय दर्तादेखि निमार्ण अनुमतिसम्म ३० दिनभित्र सम्पन्न गर्ने लगानी एक्सप्रेस नीति लागु गर्ने र विदेशी लगानी सम्बन्धी कानुन संशोधन गरी स्वचालिन मार्ग विस्तार गर्ने घोषणा गरेको हो ।