अब सबै स्थानीय तहमा मालपोत कार्यालय, सुकुम्बासीको दीर्घकालीन व्यवस्थापन गरिने

315
Shares

काठमाडौं । सरकारले नापी र मालपोत सेवालाई एकीकरण गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दुई निकाय एकीकरण मार्फत् जग्गा प्रशासन सेवा चरणबद्ध रुपमा सबै स्थानीय तहमा विस्तार गरिने उद्घोष गरे ।

यसैगरी आधुनिक भूमिको नापजाँच गरी अभिलेख गर्ने प्रक्रिया अघि बढाइने उनले बताए ।

सुकुम्बासी व्यवस्थापनका लागि दीर्घकालीन उपाय खोजिने उनको भनाइ छ ।

‘भूमिको स्वामित्व र उपयोग बीच सन्तुलन कायम हुने गरी असुरक्षित स्थानमा बसोबास गर्ने भुमिहीन दलित सुकुम्बासी र अव्यवस्थित समस्या समाधानका लागि सुरक्षित र उचित बसोबासको व्यवस्थापन गरिनेछ,’ राष्ट्रपति पौडेलले भने ।