
काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.१९ अंक अर्थात् १.३९ प्रतिशतले बढेर २७८३.८५ बिन्दुमा उक्लिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको शुक्रबार पनि नेप्से २७.४९ अंकले बढेर २७४५ बिन्दुमा रोकिएको थियो ।
सोमबार नेप्सेमा कुल ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार भने नेप्सेमा कुल ३ अर्ब २३ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।
सोमबार कारोाबारमा आएकामध्ये २४७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ । यस्तै, ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।





प्रतिक्रिया