गर्मी छल्न नेपाली उपभोक्ताको रोजाइमा ‘क्रम्टन’का फ्यान

70
Shares

काठमाडौं । बढ्दो गर्मीसँगै घर, कार्यालय, होटल तथा व्यावसायिक प्रतिष्ठानहरूमा क्रम्टन ब्रान्डको फ्यान लोकप्रिय बन्दै गएको छ ।

चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले बिक्री वितरण गर्दै आएको क्रम्टनका उत्पादनहरूको पछिल्लो समय लोकप्रियता बताएको छ ।

वर्षौंदेखि नेपाली बजारमा विश्वासिलो नामका रूपमा स्थापित क्रम्टनले आफ्नो दमदार प्रदर्शन, आकर्षक डिजाइन र टिकाउ गुणस्तरका कारण छुट्टै पहिचान बनाएको छ । आधुनिक जीवनशैली र फेरिँदो आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले साधारणदेखि प्रिमियम ‘डेकोरेटिभ रेन्ज’सम्मका विभिन्न मोडलहरू बजारमा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

क्रम्टनका ‘नाइडस’, ‘स्टारड्रिफ्ट’, ‘कुल ब्रिज’ र ‘ब्रिज एयर’ जस्ता मोडलहरू बलियो हावाको बहाव र कम बिजुली खपतका लागि लोकप्रिय छन् । त्यसैगरी, आधुनिक घरको सजावटलाई थप आकर्षक बनाउन ‘ओरा’, ‘जियाना’, ‘स्योरब्रिज मोन्टाानिया’ र ‘सुपर एयर डेको’ जस्ता डेकोरेटिभ फ्यानहरू बजारमा उपलब्ध छन् । यी फ्यानहरूमा फराकिला ब्लेड, मजबुत बनावट, एन्टी-रस्ट बडी र स्मूथ सञ्चालन प्रणाली जस्ता विशेषता रहेका छन् ।

कम्पनीका अनुसार क्रम्टनका सिलिङ्ग फ्यानहरूमा टिकाउ मोटर, डबल बल बेयरिङ सिस्टम, सेफ्टी केबल र हाई-स्पीड पर्फर्मेन्स सुनिश्चित गरिएको छ । केही मोडलमा कम आवाजमा चल्ने प्रविधि प्रयोग गरिएकाले उपभोक्ताले शान्त र आरामदायी अनुभव प्राप्त गर्ने कम्पनीको दाबी छ ।

क्रम्टनका फ्यानहरू केवल कार्यक्षमताका लागि मात्र नभई अन्तर्राष्ट्रिय स्तरको डिजाइनका लागि पनि चर्चित रहेको कम्पनीको भनाइ छ । हालै ‘युरोमोनिटर इन्टरनेसनल’ ले गरेको अध्ययनअनुसार रिटेल भोल्युम सेल्सका आधारमा क्रम्टनलाई ‘विश्वको नम्बर १ सिलिङ्ग फ्यान ब्रान्ड’ को रूपमा उल्लेख गरिएको छ। कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न डिजाइन रिकग्निसन समेत प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।

नयाँ वर्षको अवसरमा कम्पनीले विशेष उपभोक्ता योजना समेत सञ्चालन गरिरहेको छ।

यस योजना अन्तर्गत क्रम्टनका फ्यान खरिद गर्ने ग्राहकले हरेक १५ दिनमा मिक्सर जित्ने अवसर पाउनेछन् भने बम्पर उपहारमा ‘मिडिया’ को डबल डोर रेफ्रिजेरेटर जित्न सक्नेछन्। नेपाली बजारमा सिलिङ्ग फ्यानका साथै क्रम्टनका वाल फ्यान, स्ट्यान्ड फ्यान, एक्जस्ट फ्यान, कुलर, गिजर, मिक्सर र आइरन लगायतका सामग्रीहरू पनि अत्यधिक रुचाइएको कम्पनीले जनाएको छ ।