
काठमाडौँ । निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु पक्राउ परेका छन् ।
शर्मा एन्ड कम्पनीका सञ्चालक शर्मा र लामा कन्स्ट्रक्सनका बडुलाई प्रहरीले नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
आफूले लिएको ठेक्काको समयमा सम्पन्न नगरेको कसुरमा उनीहरूलाई प्रहरीले गोंगबु क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ ।
उनीहरूलाई उपस्थित गराइदिन सहरी विकास मन्त्रालयले प्रहरीलाई आग्रह गरेको थियो । मन्त्रालयको पत्रको आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया