घट्यो सुनको मूल्य, कतिमा झर्‍यो ?

378
Shares

काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आइतबार २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसदिन चाँदीको मूल्य भने बढेको छ । आइतबार ५ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदीको मूल्य सोमबार बढेर ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ ।