
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरणको क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगो लागेको छ ।
इस्तानबुलबाट आएको सो जहाज ल्याण्ड गर्ने क्रममा पाङ्ग्रामा आगो देखिएको थियो । आगो दमकलको प्रयोग गरेर निभाइएको विमानस्थल स्रोतले जनाएको छ ।
यात्रुहरूलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । सबै यात्रुहरू सकुशल रहेका छन् स्रोतले बतायो ।
आगो किन र कसरी लाग्यो भन्नेबारे जाँचबुझ भइरहेको बताइएको छ ।





प्रतिक्रिया