पूर्व भीआईपीहरूले विदेशमा गरेको उपचार खर्च असुल्न माग गर्दै सर्वोच्चमा रिट

126
Shares

काठमाडौं । विभिन्न समयमा राज्यका विशिष्ट अधिकारीहरूले विदेशमा गरेको उपचारको खर्च राज्यकोषमा फिर्ता ल्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

सरोजकुमार न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री केपी ओली, झलनाथ खनाल तथा पूर्वपरराष्ट्रमन्त्री सुजता कोइराला लगायतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

बिहीबार दर्ता भएको सो रिट निवेदनमाथि शुक्रबार प्रारम्भिक सुनुवाई हुनेछ ।

प्रचलित कानुन विपरीत विदेश गएर उपचार गरेको र सो खर्च राज्यकोषबाट भरिएको भन्दै उनीहरूको उपचारखर्च फिर्ता गर्नुपर्ने माग उनले गरेका हुन् ।

सर्वोच्च अदालतका अधिकारीका अनुसार, जनस्वास्थ्य ऐन प्रतिकूल हुनेगरी राज्यकोषबाट खर्च गरिएकाले फिर्ता गराउनुपर्ने माग रिटमा गरिएको छ ।

ती अधिकारीका अनुसार सोही प्रकृतिको उपचार खर्च भुक्तान भएका राष्ट्रपति रामचन्द्र पौडेललाई भने मुद्दामा प्रतिवादी बनाइएको छैन ।