
काठमाडौँ । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रालिले विश्वकै प्रतिष्ठित तथा विश्वसनीय घरेलु उपकरण ब्रान्ड व्हर्लपुलसँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ ।
सहकार्यसँगै कम्पनी लुम्बिनी, कर्णाली र सुदूरपश्चित प्रदेशमा व्हर्लपुलका घरेलु उपकरणहरूको एकमात्र आधिकारिक वितरक नियुक्त भएको छ ।
यो साझेदारी स्मार्ट अप्लायन्सेसका लागि नेपालको घरेलु उपकरण तथा उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउने महत्वपूर्ण उपलब्धि भएको कम्पनीको भनाइ छ ।
व्हर्लपुलको विश्वव्यापी नवप्रवर्तन, गुणस्तर र उपभोक्ताको विश्वासलाई स्मार्ट अप्लायन्सेसको बलियो वितरण सञ्जाल र डिलर नेटवर्कसँग जोड्दै यी प्रदेशहरूमा विश्वस्तरीय उत्पादन सहज रूपमा उपभोक्तासम्म पुर्याइने विश्वास गरिएको कमपनीले जनाएको छ ।
स्मार्ट अप्लायन्सेसले ‘स्मार्ट अप्लायन्सेस र व्हर्लपुल पार्टनर कनेक्ट २०२६’ नामक डिलर मिट सम्पन्न गरेको थियो ।









प्रतिक्रिया