भृकुटी हस्पिटल साउनदेखि पूर्ण क्षमतामा सञ्चालन हुने

0
Shares

काठमाडौं । झापाको कमल गाउँपालिकामा निर्माण भएको भृकुटी हस्पिटल आगामी साउनदेखि पूर्ण क्षमतामा सञ्चालन हुने भएको छ ।

सन् २०२० मा दर्ता भई निर्माण कार्य सम्पन्न गरेको हस्पिटल आगामी साउनदेखि पूर्ण क्षमतामा सञ्चालन हुने भएको हो ।

हस्पिटल गत चैतदेखि आंशिक रूपमा सञ्चालनमा ल्याइसकेको छ । हस्पिटलले १ सय शैय्याको सुविधा दिने योजनासहित निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

हस्पिटलका अनुसार हाल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने मेडिकल सामग्रीहरुको जडान कार्य प्रक्रिया अगाडि बढाएको छ ।

हस्पिटलले सुरुवाती चरणमा ओपीडी सेवा दिँदै आएको छ । आगामी साउनदेखि पूर्ण क्षमतामा सञ्चालन आएपनि अन्य सेवा दिने हस्पिटलको भनाइ छ ।

हस्पिटलमा बुद्धिमान थापा, प्रताप कार्की र नसिम कार्कीको स्वामित्व छन् । थापा अध्यक्ष रहेको हस्पिटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९५ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ८० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १५ करोड रुपैयाँको रेटिङ गराएको हो ।

हस्पिटल निर्माणका लागि हालसम्ममा ५५ प्रतिशत इक्विटी खर्च गरिसकेको छ । साथै, ४४ प्रतिशत ऋणको व्यवस्थापन भइसकेको छ । उक्त हस्पिटल निर्माण गर्नका लागि १ अर्ब २ करोड १० लाख रुपैयाँमा सम्पन्न गर्ने योजना बनाएको छ ।

हस्पिटलले पहिलो चरणमा एक सय शैय्याका लागि इजाजत लिएको छ । आगामी दिनमा उक्त क्षमता बढाएर ३ सय शैय्याको बनाउने योजना बनाएको छ ।

हाल हस्पिटलले ३ सय शैय्याको सञ्चालनमा ल्याउने तयारी रहेका बेडको लक्ष्यका आधारमा गणना गर्दा परियोजनाको प्रति शैय्याको लागत ३४ लाख रुपैयाँ रहेकाले मूल्याङ्कनलाई सहज बनाएको जनाएको छ ।

Skip This