
काठमाडौं । मंगलबारदेखि निरन्तर घटेको सुनको मूल्य नेपाली बजारमा शुक्रबार भने बढेको छ ।
यस दिन सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार, बुधबार र बिहीबार तीन दिन घटेको सुनको मूल्य शुक्रबार भने बिहीबारको तुलनामा ३ हजार ४ सय रुपैयाँले बढेको छ ।
बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय १० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार मूल्य बढेर ४ हजार ९ सय ४५ रुपैयाँ पुगेको छ ।









प्रतिक्रिया