
काठमाडौं । पियोर ब्रान्डको टिस्यू पेपर बेच्ने अरिहन्त अटो करुगेसनले एकै वर्ष साढे ३ अर्ब रुपैयाँ बढीको कारोबार गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ६४ करोड ८० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२४ मा २ अर्ब ५६ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा २ अर्ब ५१ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको व्यापार सन् २०२२ देखि २०२५ सम्ममा १६ प्रतिशतले व्यापार बढेको जनाएको छ ।
कम्पनीले गत आवमा २० करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२४ मा ७ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको मार्जिन एक्स्पान्सन १५.११ प्रतिशत रहेको उल्लेख छ ।
कम्पनीको कुल सञ्चय नगद ३६ करोड ९० लाख रुपैयाँ रहेको छ । सन् २०२४ मा २१ कोड १० लाख रुपैयाँ थियो ।
सन् २०१० स्थापना कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको छ । कम्पनीले विभिन्न प्रकारका प्रिन्टेड कार्डबोर्ड बक्सेस, क्राफ्ट पेपर, लेमिनेटेड उड र दुप्लेक्स पेपर उत्पादन गर्दै आएको छ ।
त्यस्तै कम्पनीले प्यूर ब्रान्डको रोल टिस्यू पेपर उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्नो उत्पादन क्षमता विस्तार गरेसँगै व्यापारमा उल्लेख्य वृद्धि भएको छ ।
पारास लुनिया प्रबन्ध निर्देशक रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब १९ करोड ११ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ४० करोड ११ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ७९ करोड रुपैयाँको रेटिङ गराएको हो ।








प्रतिक्रिया